धेरै विद्यार्थी फेल हुन थालेपछि शिक्षकको परीक्षा लिदै पालिकाहरु

 

काठमाडौँ । माध्यामिक र आधारभूत तहको गुणस्तर खस्कदै गएपछि पालिकाहरु शिक्षकको परीक्षा लिन थालेका छन् ।

आफ्नो एकल अधिकार क्षेत्रमा रहेको आधारभूत र माध्यामिक तहको शिक्षा नै कमजोर भएको तथ्यहरु सार्वजनिक भएपछि गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाभित्र पनि शिक्षकको बारेमा गुनासो बढेको हो ।

शिक्षकले राम्रोसँग नपढाएको, क्षमता कम रहेको, राजनीति गर्दै हिडेको जस्ता आरोप लाग्ने गरेपछि स्थानीय तहहरुले शिक्षकको नै परीक्षा लिन थालेका हुन् । यसमा पनि गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को करिब दुई तिहाई मत आएपछि यसको सोझो दवाब स्थानीय सरकारहरुमा परेको छ ।

teacher-exam-1780825433.jpg
‘कांग्रेस, कम्युनिष्टहरुले आफ्ना झोलेहरुलाई शिक्षक बनाएका छन्, ती शिक्षकले पढाउने भन्दा पनि राजनीति गरेर हिडेका छन् भन्ने आरोप पछिल्ला दिनहरुमा व्यापक भइरहेको छ । रास्वपामा लागेका साथीहरु अलि उग्र रुपमा नै प्रस्तुत हुनुभएको छ । रिजल्ट पनि राम्रो छैन । यो आरोप खोप्नुभन्दा शिक्षकको नै परीक्षा लिइदियो भने समस्या समाधान हुन्छ भनेर त्यता लागेका छौं,’ मधेश प्रदेश अन्तरतगको एक स्थानीय सरकारका प्रमुखले वडापालिकासँग भने ।

पछिल्लो समय शिक्षाको गुणस्तरका बारेमा उठेका प्रश्नमा शिक्षकलाई जिम्मेवार बनाउन थालिएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update