काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारले बुझाउनु पर्ने शुल्क सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको विवरण अनुसार सभापति पदमा उम्मेदवारी दर्ताको लागि ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, उपसभापति र महामन्त्री पदको लागि २० हजार रुपैयाँ तोकिएको छ ।
सहमहामन्त्री पदको लागि २० हजार र केन्द्रीय सदस्य पदको लागि १० हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ १४:०१
प्रतिक्रिया दिनुहोस्






