काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको लागि मतदाताको नामावली सार्वजनिक भएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार पार्टीको १४औं महाधिवेशनका मतदाता नै विशेष महाधिवेशनको मतदाता छन् । १४औं महाधिवेशनमा ४ हजार ७४३ मतदाता (महाधिवेशन प्रतिनिधि) थिए ।
निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सुचीमा सभापति शेरबहादुर देउवादेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसम्मको नाम छ ।
१४औं महाधिवेशनमा मतदाता रहेकामध्ये ६१ जनाले पार्टी परित्याग गरेको र ४४ जनाको मृत्यू भएको जानकारी दिइएको छ । नयाँ मतदाताको संख्या ४ हजार ६३८ जना रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ १४:२३
प्रतिक्रिया दिनुहोस्







