Odapalika - The Fourth Estate - चौथो अंग
सांसद छाडेर सांसद बन्न दौडिएकी भगवती  

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन माहोलले तनहुँ जिल्ला गर्माएको छ । तनहुँमा कांग्रेस, एमाले, र नेकपासहितका उम्मेदवारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ‘टाउको दुखाइ’ बनेका छन् । 

कांग्रेस र एमालेले कतिपय उम्मेदवार दोर्होयाए पनि अधिकांश दलहरुले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् ।

नेकपा एमालेले तनहुँ १ मा पूर्वमन्त्री भगवती न्यौपाने र तनहुँ २ मा पूर्वप्रतिनिधिसभा सदस्य केदार सिग्देललाई उम्मेदवार बनाएको छ । 

भागवती राष्ट्रिय सभा सदस्य पदबाट राजिनामा दिएर प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा होमिएकी हुन् । न्यौपाने जिल्लामा राम्रो पकट बनाएकी नेताभ भए पनि सांसद हुन सांसद पद छाडेर आएको भन्दै आलोचना पनि सुरु भएको छ । 

३ बर्ष अगाडि भानु नगरपालिकाको मेयर पदमा पराजित भएपछि राष्ट्रिय सभा सदस्य बन्ने मौका प्राप्त गरेकी न्यौपानेलाई एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत बनाएका थिए ।

न्यौपाने भदौ २३ र २४ को आन्दोलनसँगै जिम्मेवारीबाट मुक्त भएकी थिइन् । पार्टी अध्यक्ष ओलीसँग निकट रहेकी न्यौपाने पार्टीको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन् । 

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र कांग्रेस नेता गोविन्द भट्टराईसँग प्रतिस्पर्धामा छन् । वाग्लेले यसअिघि पनि जितेको यो क्षेत्रमा यसपटक भगवती नतिजा उल्टाउने प्रयासमा लाग्दा भट्टराईले पनि कडा टक्कर दिएका छन् । 

तनहुँ २ मा केदार सिग्देल पनि जिल्लामा राम्रो पकड भएका नेता हुन् । सिग्देल लामो समय जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी अहिले एमाले केन्द्रीय सदस्य हुन् । सिग्देल यस अघि २०७४ मा प्रतिनिधि सभा सदस्यमा कांग्रेस उम्मेवदार शंकर भण्डारीलाई पराजित गर्दै विजयी भएता पनि २०७९ मा गण्डकी प्रदेश सभा सदस्यको निर्वाचनमा पराजित भएका थिए ।

तत्कालिन माओबादीको साथ पाएका कांग्रेस तनहुँका सभापति समेत रहेका जितप्रकाश आलेसँग पराजित भएको बदल यसपटक जितेर लिने उनको योजना छ । 

त्यसवेला तनहुँ निर्वाचन क्षेत्रको प्रदेश क्षेत्र २ मा आलेले १३ हजार ८६० मत प्राप्त गर्दा सिग्देलले १३ हजार २२० मत प्राप्त गरेका थिए । तनहुँ–२ मा कांग्रेस नेता शंकर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपाने र नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । 

यहाँ सिग्देल, भण्डारी र रास्वपाका मा रहेका छन् ।न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने मतदाताहरु बताउँछन् । 
 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update