Odapalika - The Fourth Estate - चौथो अंग
कुस्ती मैदानमा चुनावी मैदानका खेलाडी, खेत–खेतमा कार्यकर्ताको लस्कर 

सप्तरी । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ४ फागनुबाट मात्र प्रचारका लागि औपचाकिर समय निर्धारण छ । 

तर दल तथा स्वतन्त्र उम्मेदवारहरु भने निर्वाचन आयोगको सर्त छल्दै मतदाता रिझाउन अनेक चटकमा उत्रिएका छन् । उम्मेदवारहरु कोठे बैठक र घरदैलोमा मात्र नभई खेतवारी र खेलमैदानसम्म पुगेर नमस्कार गर्दै मतदाता रिझाउने प्रयासमा लागेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ३ दिन देखि जारी साकेतचन्द्र मिश्र स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता चलिरहेकै बेला विभिन्न दलका उम्मेदवार खेल मैदानमै पुगेर दर्शकहरुलाई नमस्कार गर्दै मत मागरिहेका छन् । 

राजविराज नगरपालिकाका खेतखेतमा उम्मेदवार पुगेर भोट मागिरहेको स्थानीय रामलखन साह बताउँछन् । टोलका वासिन्दाले कसलाई मत दिने भन्ने सोँच अहिले बनाइ नसकेको बताएका छन् । 

 ४ लाख ४६ हजार ४०२ मतदाता रहेको सप्तरीमा प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र छन् । सबै क्षेत्रमा निर्वाचनलाई लिएर गज्जबको उत्साह देखिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update