Odapalika - The Fourth Estate - चौथो अंग
दुर्गम क्षेत्रका मतपत्र तयार, नमूना पनि छापियो 

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतपत्र छापिसकेर प्रत्यक्षतर्फको छपाइ सुरु गरेको जानकारी दिएको छ । 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालिकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको र त्यस क्षेत्रमा समयमै मतपत्र पुग्ने प्रवक्ता भट्टराईले बताए । 

आयोगले जिल्ला निर्वाचन कार्यालयहरूमार्फत मतदाता शिक्षा सुरु गरेको छ । मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।

कूल १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको पनि आयोगले जनाएको छ । २५ माघदेखि ५ फागुनसम्म १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ । समानुपातिकतर्फको दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update