काठमाडौँ । काठमाडौँबाट ओखलढुंगाको रगनी जादै गरेको यात्रुबाहक बस रामेछापको मन्थली बजार नजिकै दुर्घटनामा परेको छ ।
प्रदेश–३–०१००५ख९९७५ नम्बरको सो बस सडकबाट तामाकोशी नदीमा खसेको छ । दुर्घटनागस्त सो बसबाट केही लास नदीमा तैरिरहेका प्रत्यक्ष्यदर्शीले बताएका छन् ।
सो दुर्घटनामा ठूलो संख्यामा हताहती भएको आशंका गरिएको छ । केही स्थानीयले १० जनाको ज्यान गइसकेको जानकारी प्राप्त भएको बताए पनि नेपाल प्रहरीले यसबारेमा आधिकारिक जानकारी दिएको छैन ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२ ११:५२
प्रतिक्रिया दिनुहोस्






