नौ करोड दुई लाख रुपैयाँमा यस्तो बन्यो फलेवास नगरपालिकाको भवन

 

पर्वत । फलेबास नगरपालिकाको ४२ कोठे भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटमा ९ करोड २ लाख रुपैयाँमा सो भवन बनेको हो ।

नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो । 

रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको बताए ।

 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update