रोङ गाउँपालिकामा पहिरो खस्यो‚ मेची राजमार्ग अवरुद्ध
इलाम - इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज साँझ अचानक पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउतले जानकारी दिए। अवरोधका कारण ताप्लेजुङबाट गोलिया बोकेर झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक बाटोमै फसेको उनले बताए।
घटनामा मानवीय क्षति भने नभएको र पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ २०:३६
प्रतिक्रिया दिनुहोस्






