शंकर ग्रुपका अध्यक्ष अग्रवाल रिहा

काठमाडौं - शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानपछि रिहा गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आवश्यक बयान लिएपछि उनलाई छाड्ने निर्णय गरेको हो।

विभागले अग्रवाललाई शुक्रबार राति नियन्त्रणमा लिएको थियो। उनी देशका प्रमुख व्यावसायिक घरानामध्ये एक शंकर ग्रुपका अध्यक्ष हुन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सोधपुछका लागि नियन्त्रणमा लिइएका अग्रवालसँग प्रारम्भिक अनुसन्धानअन्तर्गत बयान लिइएको विभागले जनाएको छ। विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार बयानपछि उनलाई रिहा गरिएको हो। अनुसन्धान भने जारी रहने जनाइएको छ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update