एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौंः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन्। विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्यरुमपा प्रभावित भएका छन्। 

बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। 

झण्डै एक वर्षको अवधिमा तीन हजार छ सय ५२ वटा आगलागीका घटना भएका छन्। 
आगलागीमा परेर एक सय चार जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना घाइते हुँदा चार हजार एक सय ८२ परिवार प्रत्यक्षरुपमा पीडित भएका छन्। 

बाढीका कारणमात्रै तीन सय २८ घटनामा ३९ जनाको निधन भएको छ। बाढीमा परेर २७ जना बेपत्ता हुँदा १४ जना घाइते भएका छन्। प्राधिकरणकाअनुसार, ६ सय २१ पहिरोका घटनामा परेर ७६ जनाको ज्यान गएको छ। यस्तै, भारी वर्षाकाका कारण चार सय ४६ सात जनाको मृत्यु र २० जना घाइते भए। 

त्यस्तै, चार सय १९ चट्याङकाकारण ४८ जनाको मृत्यु भएको छ। कूल तीन सय १२ जना घाइते हुँदा पाँच सय २२ परिवार प्रत्यक्षरुपमा प्रभावित भए। हावाहुरीका चार सय ७७, वन डढेलाका तीन सय २४, जनावर आक्रमणका पाँच सय नौ तथा लेक लाग्नुका एक सय ३१ घटना भएका छन्। 

प्राधिकरणकाअनुसार यो विवरण गत वैशाख १ गतेदेखि यही चैत २४ गतेसम्मको हो। एक वर्षको अवधिमा विपदमा मात्रै चार सय ९० जनाको ज्यान जाँदा ३८ जना बेपत्ता भएका छन्। विपदका कारण एक हजार नौ सय ६५ जना घाइते भएका छन्। 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update