अध्यक्ष ओलीद्वारा निर्वाचन सम्पन्न भएकामा धन्यवाद
अध्यक्ष ओलीद्वारा निर्वाचन सम्पन्न भएकामा धन्यवाद ‘निर्वाचन सम्पन्न गरेकामा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनुभएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पनि धन्यवाद‚’ उनले भने ।
निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई
निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई प्रधानमन्त्री कार्कीले आज निर्वाचनको मतदात सकिएलगत्तै सामाजिक सन्जाल (फेसबुक) मार्फत लेखेकी छन्,‘निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको बफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तरराष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चारमाध्यमका जिम्मेवार खबरदारीका लागि धन्यवाद ।’
कांग्रेस सभापति थापाको आभार, सम्मान र बधाई
कांग्रेस सभापति थापाको आभार, सम्मान र बधाई निर्वाचन सम्पन्न भएपछि कांग्रेस सभापति गगन कुमार थापाले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ ।
काठमाडौँ जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो, १० वटै क्षेको मतगणना आजै थाल्ने तयारी
काठमाडौँ जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो, १० वटै क्षेको मतगणना आजै थाल्ने तयारी काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।
भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा
भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा आज जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।
छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सत्ततर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए। उनका अनुसार ५०० भन्दाबढी मतदाता भएका केन्द्रमा...
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्थ्यो ।
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन गरिएको बताए। उपभोक्ता समितिमार्फत सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रूपमा अनुगमन गरिएको उनको भनाइ छ ।
मध्यपूर्वको तनावका कारण त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित
मध्यपूर्वको तनावका कारण त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित उक्त प्रतियोगिताको स्थगित खेलको नयाँ मिति आवश्यक परामर्शपछि शीघ्र सार्वजनिक गरिने क्यानका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। परिस्थितिको मूल्याङ्कन गर्दै खेल तालिका पुनःनिर्धारण गरिने उनले बताए ।  
भोलीको मौसमः ढुक्कले मत हाल्न पाइने‚ कतै पनि छैन वर्षाको संभावना 
भोलीको मौसमः ढुक्कले मत हाल्न पाइने‚ कतै पनि छैन वर्षाको संभावना  महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ । मौसमविद् बरुण पौडेलले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जानकारी दिए। ‘निर्वाचनको दिन देशभर मौसम सफा रहने छ, हामीले निर्वाचन आयोगका प्रतिनिधिलाई पनि मौसमसम्बन्धी जानकारी दिँदै आइरहेका छौँ‚’ उनले भने ।
निर्वाचनको तयारी पूरा: प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
निर्वाचनको तयारी पूरा: प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी कतिपय जिल्लामा उम्मेदवारहरुसमेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न हिँडेको आशङ्कामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गविविधिमा आयोगले शुन्य सहनशीलतानको नीति लिएको स्पष्ट पारे।
Weather Update