वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
बुधबार, असोज २१, २०८३
मेस्सीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको सुखद समाप्ति, अन्तिम खेलमा पनि जितको नायक
बुधबार, असोज २१, २०८३
करिअरको अन्तिम खेलमा पनि अर्जेन्टिनाले गरेका तीनवटै खेलमा मेस्सीको सहभागिता रह्यो । उनले खेलमा १ गोल र २ असिस्ट गर्दै अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाए ।
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच द्विपक्षीय भेटवार्ता
बुधबार, असोज २१, २०८३
भेटघाटका क्रममा अर्थमन्त्री डा.वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे घनीभूत छलफल गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
स्थानीय तहसँग मिलेर भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास बनाइने
बुधबार, असोज २१, २०८३
सरकारले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणको काम तत्काल अघि बढाउने भएको छ ।
देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, असोज २१, २०८३
लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँ महानगरपालिकाभित्रका सबै जग्गा रोक्का, यस्तो छ कारण
मंगलबार, असोज २०, २०८३
सरकारले काठमाडौँ महानगरपालिकाभित्रका सबै जग्गा रोक्का राखेको छ । महानगरपालिका भित्रका निजी जग्गा पनि रोक्का राखिएको हो ।
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
मंगलबार, असोज २०, २०८३
ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् ।
मधेशको शिक्षा सुधारमा नीतिगत परिवर्तनदेखि एआईसम्ममा जोड
मंगलबार, असोज २०, २०८३
मधेश प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नीतिगत परिवर्तनसँगै आधारभूत शिक्षाको जग बलियो बनाउनुपर्नेमा शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।
रावल आयोगको प्रतिवेदनका आधारमा काठमाडौं–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा
मंगलबार, असोज २०, २०८३
सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।
प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द
मंगलबार, असोज २०, २०८३
सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।
प्रधानमन्त्री भन्छन्– सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनुहुन्छ
सोमबार, असोज १९, २०८३
‘राजनीतिक भागबन्डा र अनावश्यक तह थपेर होइन, विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा परिणाम निकाल्ने बाटो रोजेका छौँ। यो प्रक्रिया छरितो, पारदर्शी र राज्यलाई कम भार पर्ने किसिमको बनाउने प्रयास गरिएको छ,’ उनले लेखेका छन् ।
सैनामैना नगरपालिकाका किसानसँग कृषिमन्त्रीको प्रत्यक्ष भेटघाट, यस्तो छ किसानको गुनासो
सोमबार, असोज १९, २०८३
कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय किसानसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेकी छन् ।
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् ।

