देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशका पाँच वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै ठाँउ तथा लुम्बिनी प्रदेशको एक–दुई ठाँउमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भ–भागमा साधारणतया बादल लाग्नेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । 

देशको हिमाली भू–भागको थोरै स्थानमा र पहाडी भू–भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा तथा मधेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यमवर्षाको सम्भावना छ । 

लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी  भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति पनि कोशी प्रदेशका सबै भू–भाग तथा देशको हिमाली र पहाडी भू–भाग साधारणतया बादल लाग्ने छ । देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा बिहानीपख हुस्सु/कुहिरो पनि सम्भावना छ ।  

देशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । 

देशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको  वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update