बेनिनविरुद्ध ३–० जितसहित अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको अन्तर्राष्ट्रिय करियरको सुखद बिदाई भएको छ ।
करिअरको अन्तिम खेलमा पनि अर्जेन्टिनाले गरेका तीनवटै खेलमा मेस्सीको सहभागिता रह्यो । उनले खेलमा १ गोल र २ असिस्ट गर्दै अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाए ।
३९ वर्षीय मेसीको यो अर्जेन्टिनाको राष्ट्रिय जर्सीबाट खेलेको अन्तिम र २०८औं खेल थियो । जसमा उनले आफ्नो ऐतिहासिक करिअरको सुखद् अन्त्य गरे ।
खेलको ४८औं मिनेटमा अर्जेन्टिनाका लागि निकोलास ओटामेन्डीले मेस्सीको कर्नर पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ५९औं मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औं मिनेटमा मेस्सीकै पासमा गोल गर्दा खेल २–० को अवस्थामा पुग्यो ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । जुन उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बनेको छ । खेलअघि र पछि निकै मेस्सी निकै भावुक देखिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध खेल आयोजना गरेको हो । उनले आफ्नो २१ वर्ष लामो करिअरमा २०८ खेलमा १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले २००५ मा फिफा वल्र्ड युथ च्याम्पियनसिप जित्दा टोलीमा रहेका मेस्सीले २००८ मा ओलम्पिक स्वर्ण पदक जितेका थिए ।
उनले सिनियर टोलीबाट २०२२ मा कप्तानका रुपमा विश्वकप जिते भने २०२१ र २०२४ मा कोपा अमेरिका कप, २०२२ मा फाइनलिसिमा जिते ।
सन् २०१४ र २०२६ मा उनले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए ।


