दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमा एक लाख नौ हजार यात्रुले छाडे काठमाडौं
मंगलबार, असोज २७, २०८३
नयाँबसपार्कमा दशैंमा गाउँ फर्किनेको बढ्यो भीड
बिहीबार, असोज २२, २०८३
नेपालीहरूको महान् चाड बडादशैं नजिकिएसँगै संघीय राजधानी काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने नागरिकहरूको संख्या तीव्र गतिमा बढ्न थालेको छ। दशैंमा परिवार, आफन्त तथा मान्यजनसँग बसेर टीका र जमरा लगाउने उत्साहका साथ काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुहरूको बाक्लो चहलपहल र भीडभाड सुरु भएको हो।


