तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
आइतबार, भदौ २३, २०८१
सप्तरीको तिरहुत गाउँपालिका तत्कालीन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गर्ने पाल्हीनन्दनका तत्कालीन वडाध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, भदौ २१, २०८१
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरनेपाली नागरिकलाई गलत लिखतका आधारमा नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको उजुरी परेपछि गरेको अनुसन्धानमा दोषी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो
हट्यो भ्रष्टाचार मुद्दामा हदम्यादको व्यवस्था, अब जुनसुकै बेला पनि मुद्दा चल्ने
शुक्रबार, भदौ १४, २०८१
राज्यव्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा रहेको पाँच वर्षे हदम्याद सर्वसम्मतिले हटाइएको छ
इलाम नगरपालिकाको सामुदायिक वन अध्यक्षविरुद्ध ३९ लाख ३४ हजारको भ्रष्टाचारको मुद्दा
बुधबार, भदौ १२, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको इलाम नगरपालिका–११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीसहित दुईजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
नगरपालिकाका कर्मचारीविरूद्ध नक्कली प्रमाणपत्रको मुद्दा
बिहीबार, भदौ ६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका र कपिलवस्तुको यशोधरा गाउँपालिकाको कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिकद्वय मोहन सिंह र अशोक सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, भदौ २, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्राविधिकद्वय मोहन सिंह धामी र अशोक सिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर
बिहीबार, साउन ३१, २०८१
न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले प्रतिवादी सबैलाई जनही तीन तीन महिना कैद सजाय तथा जनही एक लाख ७० हजार रुपैयाँ जरिबाना तोकेको छ ।
गोलबजार नगरपालिकाका मेयरको संलग्नतामा सडक बत्तीमा भ्रष्टाचार, के भन्छन् हाकिम ?
बिहीबार, साउन २४, २०८१
गोलबजार नगरपालिकामा जडान गरिएको सडक बत्तीमा भ्रष्टाचार भएको देखिएको छ
स्थानीय तहमा बेथिति : ९४ स्थानीय तह विरूद्ध अदालतमा मुद्दा, भ्रष्टाचारमा मुछिए २०९ जनप्रतिनिधि
बुधबार, असार २६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशका तीन वटा सरकार मध्ये स्थानीय तहमा सबैभन्दा वढी भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने गरेका छन्
साढे १९ लाख भ्रष्टाचार गरेको आरोपमा सर्केगाडका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
आइतबार, असार २३, २०८१
आफ्नै दाइलाई थारी कोइलिङ पशुपालन उपभोक्ता समितिको अध्यक्ष बनाएर एउटै आर्थिक वर्षमा दुईपटक रकम विनियोजन गरी भुक्तानी दिँदा साढे १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।
१२ लाख भ्रष्टाचार गरेको आरोपमा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्द मुद्दा दायर
शुक्रबार, असार २१, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।