गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान
बिहीबार, साउन ८, २०८२
दुई लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन
बिहीबार, साउन ८, २०८२
गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ । त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ ।
विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै पौवादुङमा गाउँपालिका
बुधबार, साउन ७, २०८२
पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ १२ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिन लागिएको हो ।
आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा
बुधबार, साउन ७, २०८२
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् ।
लौटैया ताल पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै
बुधबार, साउन ७, २०८२
कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्बासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै गएको हो ।
मधेस प्रदेश सङ्कटग्रस्त क्षेत्र घोषणा
बुधबार, साउन ७, २०८२
मधेस प्रदेशका आठ वटै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।
पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण
बुधबार, साउन ७, २०८२
पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षणगर्न थालिएको छ । यस वडामा बाहुल्य बसोबास रहेको मगर समुदायको मौलिक सम्पदा भूमे थान, धार्मिकस्थल गिद्धेश्वर मन्दिर, कला र संस्कृतिको संरक्षण तथा व्यवस्थापनमार्फत पर्यटन प्रवर्द्धनको प्रयास थालिएको हो ।
विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’
मंगलबार, साउन ६, २०८२
कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् । भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष बिताउनुभएका उनी व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुटेका हुन ।


