व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न
बुधबार, साउन १४, २०८२
अरुण गाउँपालिकाले सुरू गर्याे १५ शैय्याको आधारभूत अस्पताल
मंगलबार, साउन १३, २०८२
अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्थापित १५ श्ययाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै
मंगलबार, साउन १३, २०८२
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी
मंगलबार, साउन १३, २०८२
रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् ।
‘मधेसमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आयो’
सोमबार, साउन १२, २०८२
वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकारलगायत सरोकार भएकाहरूले भावी पुस्ताको अधिकारलाई समेत ध्यान दिनुपर्ने धारणा राखे । उनले दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने धारणा राखे ।
सिँचाइ र खानेपानीको लागि मधेशमा डिपबोरिङ जडान सुरु
आइतबार, साउन ११, २०८२
प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो ।
महाभारत गाउँपालिकाद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क
बिहीबार, साउन ८, २०८२
जिल्लाको दक्षिणपूर्वी दूर्गम क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । कक्षा १२ सम्म अध्ययनरत कुनैपनि विद्यार्थीलाई शुल्क नलिई अध्यापनको ब्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको हो ।
गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान
बिहीबार, साउन ८, २०८२
सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहन स्वरुप प्रति गाई रु १० हजार अनुदान उपलब्ध गराइने भएको हो ।
दुई लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन
बिहीबार, साउन ८, २०८२
गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ । त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ ।
विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै पौवादुङमा गाउँपालिका
बुधबार, साउन ७, २०८२
पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ १२ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिन लागिएको हो ।
आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा
बुधबार, साउन ७, २०८२
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् ।
लौटैया ताल पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै
बुधबार, साउन ७, २०८२
कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्बासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै गएको हो ।
मधेस प्रदेश सङ्कटग्रस्त क्षेत्र घोषणा
बुधबार, साउन ७, २०८२
मधेस प्रदेशका आठ वटै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।


