Odapalika - The Fourth Estate - चौथो अंग
भुमे गाउँपालिका पुगेर प्रचण्डले भने– लुकुमलाई नमूना गाउँ बनाउछु 

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

भूमे गाउँपालिका–१ लुकुममा आज मतदातासित भेटघाट गर्दै संयोजक दाहालले संस्कृतिले भरिपूर्ण भएको उक्त गाउँलाई आफू विजयी भएपछि नमूना बनाउन पहल गर्ने बताएका हुन् । 

लुकुम गाउँको प्रख्यात झाँक्री नाचका बारेमा आफूले श्रव्यदृश्य हेरेको उल्लेख गर्दै उहाँले सामाजिक तथा संस्कृतिक रुपले धनी लुकुमको विकासमा विशेष योजना ल्याइने विश्वास दिलाए ।

त्यसक्रममा भूमे–१  का वडाध्यक्ष मनकाजी पुनले वडावासीका माग संयोजक दाहालसमक्ष पेस गरेका थिए । सिद्धचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले विद्यालय विकास निर्माणबारे प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

मागपत्र बुझ्दै संयोजक दाहालले स्थानीयको आवश्यकता र भावनालाई आफूले जतिसक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update