Odapalika - The Fourth Estate - चौथो अंग
ओखलढुंगाको वडागत हिसावः कहिल्यै चुनाव नलडेका कुमारले बचाउँलान् कांग्रेसको किल्ला ?

काठमाडौँ । फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन आउन अब १ महिना पनि समय बाँकी छैन । राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरु भोट माग्न मतदाताको घरदैलोमा पुगिसकेका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली कांग्रेसले कुमार लुइटेललाई उम्मेदवार बनाएको छ । लुइटेलसँग यसअघि कुनै पनि तहमा निर्वाचन लडेको अनुभव छैन । राजनीतिसँगै व्यवसायमा पनि संलग्न लुइटेल विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा निकट व्यक्ति हुन् ।

यस्तै, सो क्षेत्रमा नेकपा एमालेले अस्मिता थापालाई उ्रम्मेदवार बनाएको छ । उनी ओखलढुंगाकै लिखु गाउँपालिकाको निर्वतमान उपाध्यक्ष हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा नेता पनि हुन् । गत महाधिवेशनमा थापा ओखलढुंगाबाटै प्रतिनिधिमा पराजित भएपनि अध्यक्ष ओलीको जोडबलमा प्रतिनिधि बनेर मात्रै आइनन्, केन्द्रीय सदस्य नै निर्वाचित भइन् । यद्यपि, जिल्लामा भने उनी एमालेको सिनियर नेता होइनन् । उनलाई एमालेले उम्मेदबार बनाएपछि एमाले जिल्ला कमिटी नै नेपाली कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेको छ । नेकपाबाट अम्मिरबाबु गुरुङ उम्मेदवार बनेका छन् । एमाले नेता गुरुङ कोशी प्रदेश सांसदबाट राजीनामा गरेर प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । गुरुङलाई पूर्वमाओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल समाहित भएर बनेको नेकपाले उम्मेदवार बनाएको छ । उनी चर्चित व्यवसायी पनि हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सो क्षेत्रबाट विश्वराज पोखरेललाई उम्मेदवार बनाएको छ । पोखरेल अवकाश प्राप्त प्रहरी अधिकृत हुन् । एमाले वरिष्ठ नेता ईश्वर पोखरेलका भाइ नाता पर्ने विश्वराजको स्थायी ठेगाना पनि ओखलढुंगा होइन । यद्यपि, पछिल्लो समय देशव्यापी रुपमा रास्वपाको पक्षमा माहोल छ ।

ओखलढुंगा जिल्ला नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित छ । २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा दुबै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा दुबै क्षेत्र माओवादीले जितेको थियो भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एउटा क्षेत्र एमाले र अर्काे कांग्रेसले जितेको थियो । २०७४ सालमा एउटा मात्रै क्षेत्र बनाइएको सो जिल्लामा एमाले जितेको थियो भने २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । 

यसैक्रममा वडापालिकाले कोशी प्रदेशमा पर्ने ओखलढुंगा जिल्लाको चुनावी परिणामबारे विश्लेषण तयार पारेको छ । यो विश्लेषण हामीले जिल्लाका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले, नेकपा (तत्कालिन माओवादी र नेकपा एस) ले पाएको २०७९ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक र सोही वर्ष भएको स्थानीय तह निर्वाचनको पालिका र वडास्तरमा दलहरुले पाएको मतका आधारमा तयार पारिएको छ ।

समानुपातिक निर्वाचन २०७९

  • नेकपा एमाले २५,२४५
  • नेपाली काँग्रेस २३,९९९
  • नेकपा माओवादी केन्द्र ७,१७२
  • राष्ट्रिय स्वतन्त्र पार्टी २,४१८
  • जनता समाजवादी पार्टी, नेपाल १,४५०

प्रत्यक्ष निर्वाचन प्रणाली २०७९

  • रामहरि खतिवडा नेपाली कांग्रेस ३३,५५६
  • यज्ञराज सुनुवार नेकपा एमाले २६,७३८
  • जुद्ध बहादुर राइ जसपा नेपाल ८९७
  • शोभा कार्की रास्वपा ७१४

पालिका प्रमुख अध्यक्षले पाएको मत

  • नेपाली कांग्रेस ३१,९५९
  • नेकपा एमाले ३०,२३०
  • नेकपा माओवादी केन्द्र ५,५४७
  • जसपा नेपाल ३,१०९

खिजीदेम्बा गाउँपालिका

अध्यक्ष

  • गम्बु शेर्पा, जसपा नेपाल २८८२ विजयी
  • भुपेन्द्र बहादुर बस्नेत, नेपाली काँग्रेस २७५२ (२)
  • राम वहादुर खत्री, नेकपा एमाले १७१५ (३)
  • चन्द्रा मान तामाङ, नेकपा माओवादी केन्द्र २१९ (४)

वडाध्यक्षहरू

  • १ कुमार सुनुवार, जसपा नेपाल ३०४ विजयी
  • निर्मल कुमार श्रेष्ठ, नेपाली काँग्रेस २९३ (२)
  • टीका नारायण श्रेष्ठर, नेकपा एमाले २२४ (३)
  • सन्त नारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र ६५ (४)
  • २ सुरे्न्द्र शंकर घिमिरे, नेपाली काँग्रेस २९१ विजयी
  • आङ छेपाल शेर्पा, जसपा नेपाल २८५ (२)
  • अखम तामाङ्ग, नेकपा एमाले १८० (३)
  • रामचन्द्र घिमिरे, नेकपा माओवादी केन्द्र ३ (४)
  • ३ टंक राज सुनुवार, नेपाली काँग्रेस ४१३ विजयी
  • नरेन्द्र कुमार सुनुवार, नेकपा एमाले ३५२ (२)
  • कमल कुमार तामाङ, जसपा नेपाल ५० (३)
  • माओवादी केन्द्रको उम्मेदवार छैन
  • ४ होम बहादुर सुनुवार, नेपाली काँग्रेस ४६७ विजयी
  • पूर्ण बहादुर तामाङ, नेकपा एमाले ३२१ (२)
  • विरमान तामाङ, जसपा नेपाल ३२ (३)
  • पूर्ण बहादुर सुनुवार, नेकपा माओवादी केन्द्र १२ (४)
  • ५ राम कुमार सुनुवार, नेपाली काँग्रेस ३३२ विजयी
  • दान बहादुर सुनुवार, जसपा नेपाल २९० (२)
  • सुदर्शन सुनुवार, नेकपा एमाले २३४ (३)
  • कविराज सुनुवार, नेकपा माओवादी केन्द्र ३३ (४)
  • ६ पासाङ निमा शेर्पा, जसपा नेपाल ५९८ विजयी
  • निल राम तामाङ, नेपाली काँग्रेस ३६० (२)
  • छत्र बहादुर तामाङ, नेकपा एमाले ७५ (३)
  • माओवादी केन्द्रको उम्मेदवार छैन
  • ७ डिल्ली राम वस्नेत, नेपाली काँग्रेस ३०८ विजयी
  • बलिराज गुरुङ, नेकपा एमाले २६९ (२)
  • प्रेम बहादुर बस्नेत, नेकपा माओवादी केन्द्र २५० (३)
  • ८ नगेन्द्र बहादुर बस्नेत, नेपाली काँग्रेस ३१८ विजयी
  • तिलक कुमार गुरुङ्ग, नेकपा एमाले २७० (२)
  • वोङ्छे शेर्पा, जसपा नेपाल १६१ (३)
  • छिरिङ तेन्जी शेर्पा, नेकपा माओवादी केन्द्र १८ (४)
  • ९ ङवाङ फुरी शेर्पा, नेपाली काँग्रेस ३१६ विजयी
  • पेमा रिन्जी शेर्पा नेकपा एमाले २०५ (२)
  • पेमा शेर्पा, जसपा नेपाल १०९ (३)
  • छोटी शेर्पा, नेकपा माओवादी केन्द्र ७ (४)

चम्पादेवी गाउँपालिका

अध्यक्ष

  • नवराज के.सी(खत्री), नेपाली काँग्रेस ४७१५ विजयी
  • खड्ग बहादुर कार्की, नेकपा एमाले ४५६० (२)
  • झलक मान तामाङ, नेकपा माओवादी केन्द्र ३९६ (३)

वडाध्यक्षहरू

  • १ कुल बहादुर श्रेष्ठ, नेपाली काँग्रेस ७०५ विजयी
  • युवराज वराल, नेकपा एमाले ६६७ (२)
  • खड्ग बहादुर अधिकारी, नेकपा माओवादी केन्द्र ६ (३)
  • २ विष्णु पुलामी, नेपाली काँग्रेस ७६१ विजयी
  • प्रेम कुमार सुनुवार, नेकपा एमाले ७४७ (२)
  • धन वहादुर सुनुवार, नेकपा माओवादी केन्द्र १६ (३)
  • ३ धन वहादुर श्रेष्ठ, नेकपा एमाले ५७९ विजयी
  • बल वहादुर तामाङ, नेपाली काँग्रेस ४२३ (२)
  • ४ इन्द्र बहादुर खत्री, नेपाली काँग्रेस ४५७ विजयी
  • दुर्ग बहादुर गुरुङ्ग, नेकपा एमाले ३९१ (२)
  • मिन बहादुर गिरी, स्वतन्त्र ११७ (३)
  • ५ मोहन कुमार तामाङ्ग, नेपाली काँग्रेस ४०३ विजयी
  • चन्द्र बहादुर कार्की, नेकपा माओवादी केन्द्र १७६ (२)
  • अंक बहादुर तामाङ, नेकपा एमाले १४२ (३)
  • ६ गणेश बहादुर खत्री, नेकपा माओवादी केन्द्र ३९३ विजयी
  • अशोक कुमार खड्का, नेपाली काँग्रेस ३४४ (२)
  • ऋषी लाल न्यौपाने, नेकपा एमाले ३४० (३)
  • ७ शुरेश कुमार थापा, नेकपा एमाले ३२० विजयी
  • विष्णु हरि पोख्रेल, स्वतन्त्र २२४ (२)
  • ध्रु व कुमार कार्की, नेपाली काँग्रेस १४३ (३)
  • ८ खडग बहादुर बराल, नेपाली काँग्रेस ३३९ विजयी
  • हरी बहादुर गुरुङ्ग नेकपा एमाले २९५ (२)
  • निर वहादुर वस्नेत, नेकपा माओवादी केन्द्र ३ (३)
  • ९ सुजन पौडेल , नेपाली काँग्रेस ३९४ विजयी
  • श्याम कुमार पौडेल, नेकपा एमाले ३५७ (२)
  • १० रोहित प्रसाद ढुंगेल, नेपाली काँग्रेस ५०८ विजयी
  • सुस्मा खड्का, नेकपा एमाले ४८० (२)

चिशंखुगढी गाउँपालिका

अध्यक्ष

  • निशान्त शर्मा बास्तोला, नेकपा माओवादी केन्द्र ३१९८ विजयी
  • अशोक कुमार थापा, नेकपा एमाले २६९१ (२)
  • पासाङ किपा शेर्पा, जसपा नेपाल १०३ (३)

वडाध्यक्षहरू

  • १ उषक कटुवाल, नेकपा माओवादी केन्द्र ३४७ विजयी
  • पुस्पलाल राई, नेकपा एमाले २४६ (२)
  • गोविन्द् कोइराला, नेपाली काँग्रेस २०९ (३)
  • २ नरेन्द्र बस्नेत, नेकपा माओवादी केन्द्र ३९५ विजयी
  • जीवन कुमार थापा, नेकपा एमाले २०१ (२)
  • भिम प्रसाद घिमिरे। नेपाली काँग्रेस ९४ (३)
  • ३ भिष्म श्रेष्ठ, नेकपा माओवादी केन्द्र ३९३ विजयी
  • मिन बहादुर आले मगर, नेपाली काँग्रेस ३९० (२)
  • थाम बहादुर राई, नेकपा एमाले २०८ (३)
  • ४ हिमाल राई, नेकपा माओवादी केन्द्र ३८९ विजयी
  • गणेश कोइराला, नेपाली काँग्रेस ३२९ (२)
  • दिप बहादुर बस्ने,त, नेकपा एमाले १४५ (३)
  • ५ नेत्र भट्टराई, नेकपा माओवादी केन्द्र ४३० विजयी
  • कर्ण बहादुर कार्की, नेपाली काँग्रेस ३१५ (२)
  • टिका बहादुर कार्की, नेकपा एमाले ६६ (३)
  • ६ बल राम कटवाल, नेपाली काँग्रेस ५०७ विजयी
  • राजु भुजेल, नेकपा एमाले २७२ (२)
  • कृष्ण वहादुर मगर, नेकपा माओवादी केन्द्र २७१ विजयी
  • ७ मुगा धन राई, नेपाली काँग्रेस ३०२ विजयी
  • मिलन राई, नेकपा एमाले १९८ (२)
  • मिग्याल्बु शेर्पा, नेकपा माओवादी केन्द्र १२० (३)
  • ८ शुसिल जंग कार्की, नेकपा एमाले ४१५ विजयी
  • सेर बहादुर राई, नेपाली काँग्रेस २४७ (२)
  • सुवाश के. सी. नेकपा माओवादी केन्द्र ८७ (३)

मानेभञ्ज्याङ गाउँपालिका

अध्यक्ष

  • ज्ञानेन्द्र रुम्दाली, स्वतन्त्र ५०२१ विजयी
  • रुप लाल तामाङ, नेकपा एमाले ३८१६ (२)
  • युवा राज राई, नेकपा माओवादी केन्द्र ३८७ (३)

वडाध्यक्षहरू

  • १ राज कुमार रुम्दाली, नेपाली काँग्रेस ४५७ विजयी
  • सुजन रुम्दाली, नेकपा माओवादी केन्द्र ४१४ (२)
  • २ राम मणी राई, नेपाली काँग्रेस ६१६ विजयी
  • उमेश कार्की, नेकपा एमाले ५३० (२)
  • ३ जितेन्द्र राई, नेकपा एमाले ५२० विजयी
  • मेडल राई, स्वतन्त्र ३६५ (२)
  • कल्यारण राई, नेपाली काँग्रेस २८४ (३)
  • शेर बहादुर राई, जसपा नेपाल १६१ (४)
  • ४ विष्णु बहादुर तामाङ, नेपाली काँग्रेस ६४७ विजयी
  • चित्रकुमार तामाङ, नेकपा एमाले ६३४ (२)
  • ५ राम कुमार राई, नेपाली काँग्रेस ८५२ विजयी
  • द्रोण कुमार कटवाल, नेकपा एमाले ४२६ (२)
  • सुमन वहादुर मगर, नेकपा माओवादी केन्द्र ११ (३)
  • ६ हेम राज राई, नेपाली काँग्रेस ७५९ विजयी
  • वीर बहादुर पुलामीमगर, नेकपा एमाले २९४ (२)
  • मिलन कुमार राई, नेकपा माओवादी केन्द्र १६२ (३)
  • नविन कुमार राई, जसपा नेपाल ४५ (४)
  • ७ विष्णु प्रसाद गौतम, नेपाली काँग्रेस ४९६ विजयी
  • अर्जुन कुमार गौतम, नेकपा एमाले ४०४ (२)
  • नव राज गौतम, नेकपा माओवादी केन्द्र ४७ (३)
  • ८ भिमबहादुर बलम्पाखी मगर, नेपाली काँग्रेस ३७२ विजयी
  • टेक बहादुर मगर, नेकपा एमाले १८० (२)
  • वेदी माया दर्जी, नेकपा माओवादी केन्द्र ८ (३)
  • ९ पुर्ण बहादुर मगर, नेकपा एमाले ५९५ विजयी
  • नानी बाबु सिदाली मगर, नेपाली काँग्रेस ५४१ (२)

मोलुङ गाउँपालिका

अध्यक्ष

  • उत्तम राई, नेकपा एमाले ४०५२ विजयी
  • राजन कुमार दाहाल, नेपाली काँग्रेस ३४६२ (२)
  • दिपक फुयल, नेकपा एस २०६ (३)

वडाध्यक्षहरू

  • १ कमल बहादुर बानिया, नेकपा एमाले ९२६ विजयी
  • टोप राज धमला, नेपाली काँग्रेस ५१३ (२)
  • २ टंक बहादुर कार्की, नेपाली काँग्रेस ७५४ विजयी
  • तोय नाथ काफ्ले, नेकपा एमाले ७२९ (२)
  • ३ मित्र बहादुर सुनुवार, नेकपा एमाले ४४३ विजयी
  • छत्र वहादुर तामाङ, नेपाली काँग्रेस २३२ (२)
  • झील बहादुर सुनुवार नेकपा माओवादी केन्द्र ९ (३)
  • ४ भोला राज राई, नेपाली काँग्रेस ६०९ विजयी
  • शम्भु कुमार खतिवडा, नेकपा माओवादी केन्द्र ३३१ (२)
  • पदम वहादुर खत्री, नेकपा एमाले ४४ (३)
  • ५ गोपिकृष्ण कार्की, नेपाली काँग्रेस ३८४ विजयी
  • गोपाल नेपाल, नेकपा एमाले ३७० (२)
  • किशान खत्री, नेकपा एस ३५ (३)
  • मान बहादुर सुनुवार, नेकपा माओवादी केन्द्र ३० (४)
  • ६ कमल तामाङ, नेकपा एमाले ५३३ विजयी
  • प्रेम कुमार तामाङ, नेपाली काँग्रेस ३९५ (२)
  • एक बहादुर थापा, नेकपा माओवादी केन्द्र ३० (३)
  • ७ हेम बहादुर सुनुवार, नेकपा एमाले ४४५ विजयी
  • केशर सिह कार्की, नेपाली काँग्रेस २६९ (२)
  • ८ सुधिर राई, नेकपा एमाले ५७८ विजयी
  • दिनेश राई, नेपाली काँग्रेस ३९९ (२)
  • दावा शेर्पा, नेकपा माओवादी केन्द्र १५ (३)

लिखु गाउँपालिका

अध्यक्ष

  • अशोक कुमार कार्की, नेपाली काँग्रेस ३७७६ विजयी
  • मिलन कुमार विष्ट, नेकपा एमाले ३४९२ (२)
  • एकिन्द्र राज कट्वाल, नेकपा माओवादी केन्द्र ९३३ (३)
  • नेत्र प्रसाद भट्टराई, नेकपा एस १६० (४)

वडाध्यक्षहरू

  • १ हिरा बहादुर कार्की, नेकपा एमाले २९० विजयी
  • रविन कुमार खत्री, नेपाली काँग्रेस २४३ (२)
  • ओमहरी खडका, नेकपा माओवादी केन्द्र ९५ (३)
  • २ रामकुमार बुढाथोकी, नेपाली काँग्रेस ३३१ विजयी
  • रामहरि वुढाथोकी, नेकपा एमाले ३२१ (२)
  • शिव राम खड्का, नेकपा माओवादी केन्द्र १७४ (३)
  • ३ सोकर्ण श्रेष्ठ, नेकपा एमाले ६५९ विजयी
  • गोपाल खडका, नेपाली काँग्रेस ३९१ (२)
  • ४ घनबहादुर कार्की, नेपाली काँग्रेस ४९८ विजयी
  • ओम बहादुर कार्की, नेकपा एमाले ३४३ (२)
  • शंकर कटुवाल, नेकपा माओवादी केन्द्र ४६ (३)
  • ५ मोहन कार्की, नेपाली काँग्रेस ३३६ विजयी
  • मनि कुमार कटवाल, नेकपा एमाले ३१३ (२)
  • कमल खत्री, स्वतन्त्र २३७ (३)
  • ६  टिका बहादुर क्याप्छाकी, नेकपा माओवादी केन्द्र ३०३ विजयी
  • सुर्य बहादुर खड्का, नेपाली काँग्रेस, २७० (२)
  • तिर्थ राज भट्टराई, नेकपा एमाले २२९ (३)
  • ७ ताराबहादुर तामाङ, नेपाली काँग्रेस ४२७ विजयी
  • विजय कुमार बस्नेत, नेकपा एमाले ३३५ (२)
  • केशर बहादुर खत्री, नेकपा माओवादी केन्द्र १२३ (३)
  • ८ पुरुषोतम पौडेल, नेपाली काँग्रेस ७२८ विजयी
  • दुर्गा हरि पौडेल, नेकपा एमाले ५४५ (२)
  • ९ केशव हरि ढुंगेल, नेकपा एमाले ४६६ विजयी
  • रमेश कुमार घिमिरे, नेपाली काँग्रेस, २९० (२)
  • सूर्य बहादुर तामाङ, नेकपा एस २०२ (३)
  • ठाकुर घिमिरे, नेकपा माओवादी केन्द्र १८७ (४)

सिद्धिचरण नगरपालिका

मेयर

  • तेजन खनाल, नेपाली काँग्रेस ६८३४ विजयी
  • इच्छाख कुमारी गुरुङ्ग, नेकपा एमाले ५६५० (२)
  • सीता राम गुरुङ्ग, स्वतन्त्र १४६ (३)
  • मेघहरी आचार्य, जसपा नेपाल १२४ (४)
  • तिलक वहादुर लोहनी, नेकपा एस ११४ (५)

वडाध्यक्षहरू

  • १ तिर्थबहादुर घिमिरे, नेपाली काँग्रेस ६२३ विजयी
  • पुष्पय राज श्रेष्ठम, नेकपा एमाले ५३० (२)
  • २ बसन्त कट्वाल, नेकपा माओवादी केन्द्र ८२७ विजयी
  • जय कुमार कार्की, नेकपा एमाले ५४० (२)
  • नवराज रम्तेल, नेकपा एस ७५ (३)
  • ३ सीताराम दाहाल, नेपाली काँग्रेस ४५१ विजयी
  • शंकर राई, नेकपा एमाले ३५७ (२)
  • शिव कुमार बानिया, स्वतन्त्र १७० (३)
  • जानुका राई, जसपा ४० (४)
  • ४ रत्नन बहादुर गुरुङ, नेकपा एमाले ७६१ विजयी
  • मिना कुमारि गुरुङ, नेपाली काँग्रेस ३०७ (२)
  • कल्याकण राई, स्वतन्त्र ११३ (३)
  • ५ डिल्ली शेर राई, नेकपा एमाले ७५० विजयी
  • देव कुमार दाहाल, नेपाली काँग्रेस ३६८ (२)
  • ६ मेख बहादुर मगर, नेपाली काँग्रेस ३८३ विजयी
  • मदन बहादुर मगर, नेकपा माओवादी केन्द्र २७० (२)
  • राम चन्द्र मगर, नेकपा एमाले १६६ (३)
  • ७ भल बहादुर कट्वाल, नेपाली काँग्रेस ६१५ विजयी
  • गोम्बा शेर्पा, नेकपा एमाले ५७३ (२)
  • ८ एकराज तामाङ, नेपाली काँग्रेस ६२५ विजयी
  • धन बहादुर तामाङ्ग, नेकपा एमाले ४१६ (२)
  • ९ गुणबहादुर खड्का, नेपाली काँग्रेस ६२१ विजयी
  • पहल मान खड्का, नेकपा एमाले ४८६ (२)
  • १० रमेश प्रसाद धमला, नेपाली काँग्रेस ६११ विजयी
  • दामोदर धमला, नेकपा एमाले ५६४ (२)
  • ११ विनोद कुमार ताम्राकार, नेपाली काँग्रेस ५४३ विजयी
  • विजय राई, नेकपा एमाले ४९४ (२)
  • अरुण राई, जसपा नेपाल १५ (३)
  • १२ उमंग श्रेष्ठ, नेपाली काँग्रेस ३७८ विजयी
  • विनोद कुमार श्रेष्ठठ, नेकपा एमाले ३४८ (२)

सुनकोशी गाउँपालिका

अध्यक्ष

  • कमल तामाङ, नेपाली काँग्रेस ५३९९ विजयी
  • इन्द्र बहादुर खडका, नेकपा एमाले ४१७४ (२)

वडाध्यक्षहरू

  • १ प्रकाश सापकोटा, नेपाली काँग्रेस ६५० विजयी
  • सहदेव गिरी, नेकपा एमाले ३५१ (२)
  • दुर्गा हरी राई, स्वतन्त्र १०० (३)
  • २ खिल बहादुर तामाङ्ग, नेपाली काँग्रेस ५९२ विजयी
  • खिल नाथ तामाङ्ग, नेकपा एमाले ४६३ (२)
  • ३ गिर्बराज थापामगर, नेकपा एमाले ६६१ विजयी
  • चक्र बहादुर राई, नेपाली काँग्रेस ४८६ (२)
  • ४ टायन्द्र राई, नेपाली काँग्रेस ६२८ विजयी
  • पूर्णवहादुर श्रेष्ठ, नेकपा एमाले २६३ (२)
  • गुरु प्रसाद तिम्सिना, नेकपा एस १६ (३)
  • ५ गोविन्द राम तामङ, नेकपा एमाले ५४५ विजयी
  • टंक लाल तामाङ्ग, नेपाली काँग्रेस ५२५ (२)    
  • ६ बिष्णु बहादुर आले मगर, नेपाली काँग्रेस ६६१ विजयी
  • टिका राम आलेमगर, नेकपा एमाले १९० (२)
  • ७ चेत बहादुर कट्वाल, नेकपा एमाले ४९५ विजयी
  • श्याम बहादुर कटुवाल, नेपाली काँग्रेस ३१६ (२)
  • ८ गुण राज भट्टराई, नेपाली काँग्रेस ४५१ विजयी
  • छत्र बहादुर वस्नेत, नेकपा एमाले १९२ (२)
  • ९ हित राज कार्की, नेकपा एमाले ५८२ विजयी
  • लोक नाथ अधिकारी, नेकपा माओवादी केन्द्र ३४६ (२)
  • १० छबिरमण धमला, नेकपा एमाले ५१३ विजयी
  • तुला राम पराजुली, नेपाली काँग्रेस ३९३ (२)
प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update