Odapalika - The Fourth Estate - चौथो अंग
बाँके र बर्दियाका जनप्रतिनिधिको माग– नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानको व्यवस्था गरिदिनुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए ।

नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update