काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका उद्योगी शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालले गरेको गैरकानुनी सेयर कारोबारमा गोल्छाको पनि संलग्नता पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
गोल्छा हिजो भैरहवा गएका थिए भने आज विहान मात्रै उनी जहाजबाट काठमाडौँ आएका थिए । गोल्छालाई प्रहरीले पक्रउ गरेर भैरहवाबाट ल्याएको भन्ने समाचार वडापालिका डटकमले विहानै प्रकाशन गरेको थियो । तर, पछि गोल्छा काठमाडौँ आएपछि उनको अफिस गएका थिए । सोही कारण हामीले क्षमायाचनासहित भुलसुधार गरेका थियौं । तर, प्रहरीले आज अपरान्ह उनलाइृ पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) स्रोतले जानकारी दियो । गोल्छा काम विशेषले हिजो भैरहवा गएका थिए ।






