एसईई नतिजा आजै सार्वजनिक गर्ने तयारी

काठमाडाै‌ । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी ले नतिजा सार्वजनिक गर्ने तयारी पूरा भएसँगै विद्यार्थीले नतिजा हेर्न सक्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको हो।

सूचनाअनुसार विद्यार्थीहरूले एसईईको नतिजा एसएमएसमार्फत वा सम्बन्धित वेबसाइटमा गएर सहजै हेर्न सक्नेछन्।

त्यसैगरी, नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीआर सेवा मार्फत तीन विभिन्न माध्यमबाट प्राप्त गर्न सकिनेछ। साथै, नतिजा १४ वटा वेबसाइटमा समेत एकसाथ प्रकाशन गरिने कार्यालयले जनाएको छ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका: तल दिइएका सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिनेछ।

  • नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
  • जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
  • एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np

  • नेपाल टेलिकम : www.see.ntc.net.np
  • कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
  • इडियु सञ्जाल : www.see.edusanjal.com
  • खल्ती: https://khalti.com/app
  • कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
  • द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
  • एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
  • निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
  • फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
  • एम्बिसन गुरु प्रालि : see.ambition.guru
  • एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
  • इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see​

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update