एसइईमा राजापुरका सामुदायिक विद्यालयको नतिजा निरासाजनक, ग्रेडेड विद्यार्थी १० प्रतिशत मात्रै

काठमाडौँ । बर्दियाको राजापुर नगरपालिकाभित्रका विद्यालयहरुबाट एसइई परीक्षामा संलग्न भएकामध्ये ३९.८१ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका छन् ।

सो नगरपालिकाभित्रका १४ विद्यालयमध्ये ५ वटा निजी र ९ वटा सामुदायिक विद्यालय छन् । निजी विद्यालयका विद्यार्थी शतप्रतिशतसम्म ग्रेडेड हुँदा पनि सामुदायिक विद्यालयका भने १० प्रतिशतसम्म पनि ग्रेडेड भएका छन् ।

नगरपालिकाले दिएको जानकारी अनुसार ३ वटा विद्यालयका विद्यार्थी शतप्रतिशत ग्रेडेड छन् । यस्तो नतिजा निकाल्ने विद्यालयहरुमा अक्सिडेन्टल एकेडेमी, रिनेशा बोर्डिङ स्कुल र नवप्रतिभा बोर्डिङ स्कुल हुन् । यी सबै निजी क्षेत्रबाट संचालित विद्यालय हुन् । निजी क्षेत्रबाटै संचालित बाँकी दुई विद्यालयहरुमा एड्भान्स एकेडेमीका ९० प्रतिशत र लाइट एकेडेमीका ७७.७८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

सामुदायिक विद्यालयहरुमध्ये सबैभन्दा राम्रो नतिजा भेरी माविको छ । सो विद्यालयबाट एसइई दिएकामध्ये ६३.३३ प्रतिशत विद्यार्थी ग्रेडेड भए । 
rajapur-see-1778576470.jpg
सबैभन्दा कमजोर नतिजा मानपुर माविको छ । टपरामा रहेको सो माविबाट ५९ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६ जना मात्रै ग्रेडेड भए । यो भनेको कुल सहभागीको १०.१७ प्रतिशत मात्रै रहेको नगरपालिकाको शिक्षा निर्देशक टिकानाथ गोसाईले बताए ।

उनले सामुदायिक विद्यालयहरुको नतिजा निरासाजनक रहेकोले यसलाई सुधार्न सबै पक्ष लाग्नुपर्ने बताए ।

‘यसपालिको एसइईको नतिजा निरासाजनक नै देखियो । यसमा सुधार नगरी हुन्न । सुधार गर्न सरोकारवाला सवैपक्ष लाग्नुपर्छ । अन्य पालिकामा भएका असल अभ्यासहरुलाई पनि आत्मसाथ गर्दै सुधारतर्फ लाग्छौं,’ निर्देशक गोसाईले भने ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १४:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update