राजापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा हिउँदे घाँसको बीउ वितरण गर्ने

काठमाडौँ । बर्दिया जिल्लाको राजापुर नगरपालिकाले किसानलाई हिउँदे घाँसको बीउ उपलब्ध गराउन ५० प्रतिशत अनुदानमा बर्षिम घाँसको विउ उपलब्ध गराउने भएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार हिउँदे घाँसको बीउ वितरण कार्यक्रम सञ्चालन गर्न लागेको हो। कार्यक्रमअन्तर्गत बीउ खरिद तथा वितरणका लागि इच्छुक आपूर्तिकर्ता तथा फर्महरूबाट शिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाका अनुसार यसको लागि सार्वजनिक सुचना नै प्रकाशन गरिएको छ । सुचनामा सूचनाअनुसार इच्छुक आपूर्तिकर्ता वा फर्मले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने भनिएको छ। 

दरभाउपत्रका लागि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र, फर्म/व्यवसाय दर्ता प्रमाणपत्र तथा बीउ–बिजन व्यवसाय सञ्चालन गर्ने अनुमति पत्रको प्रतिलिपि पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

त्यस्तै, आपूर्ति गरिने हिउँदे घाँसको बीउको उमार शक्ति परीक्षणसम्बन्धी प्रयोगशाला परीक्षण रिपोर्ट समेत पेश गर्नुपर्नेछ। नगरपालिकाले तयार गरेको बिल अफ क्वान्टिटीमा दरभाउ भरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत सञ्चालन हुने यो योजनाबाट स्थानीय किसानलाई हिउँदे घाँसको बीउमा अनुदान उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update