राजापुरका दुई विद्यालयलाई चाहियो हेडसर, कस्तो चाहिन्छ योग्यता ?

 

काठमाडौँ । बर्दिया जिल्लाको राजापुर नगरपालिकाले नगर क्षेत्रका दुई सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ। 

शिक्षा नियमावली, २०८१ (संशोधनसहित) को व्यवस्थाअनुसार प्रधानाध्यापक नियुक्तिका लागि सूचना प्रकाशित गरिएको नगरपालिकाको शिक्षा निर्देशक टिकानाथ गोसाईले जानकारी दिए ।

नगरपालिकाका अनुसार श्री बुद्ध आ.वि. भिम्मापुर, राजापुर–७ र श्री जनज्योति आ.वि. छोट्की दौलतपुर, राजापुर–१ मा एक–एक जना प्रधानाध्यापक पदका लागि आवेदन माग गरिएको छ।

आवेदन दिनका लागि उम्मेदवारले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने तथा शिक्षा शास्त्र विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

आवेदकले निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र, स्थायी नियुक्तिपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, शैक्षिक तालिमको प्रमाणपत्र तथा विद्यालय विकास प्रस्ताव लगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ।

नगरपालिकाले इच्छुक स्थायी शिक्षकहरूलाई सम्बन्धित विद्यालय व्यवस्थापन समितिसमक्ष तोकिएको समयभित्र आवेदन पेश गर्न आग्रह गरेको छ।

दुई विद्यालयमा प्रधानाध्यापक छनोटसँगै विद्यालयको शैक्षिक नेतृत्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update