बर्दियाको राजापुर नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयको लेखापरीक्षणको लागि आवेदन माग गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को अन्तिम लेखापरीक्षण गर्न इच्छुक लेखापरीक्षकबाट निवेदन आह्वान गरिएको नगरपालिकाका शिक्षा निर्देशक टिकानाथ गोसाईले जानकारी दिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा दर्ता भई सदस्यता नवीकरण गरेका लेखापरीक्षक तथा लेखापरीक्षण फर्महरूबाट आवेदन माग गरिएको छ ।
इच्छुक लेखापरीक्षकले कार्यालयले तोकेको समयभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ। निवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, फर्म दर्ता प्रमाणपत्र, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्रमाणपत्र, आर्थिक वर्ष २०८१र८२ को कर चुक्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र तथा मोबाइल नम्बर लगायतका कागजात पेश गर्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाले प्राप्त निवेदनमध्ये प्रचलित कानुन तथा निर्धारित मापदण्डका आधारमा लेखापरीक्षक छनोट गरी सामुदायिक विद्यालयहरूको अन्तिम लेखापरीक्षण गराउने जनाएको छ।




