नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने

 

मनाङ । भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच श्ययाको अस्पताल भवन निर्माण हुने भएको छ । 

बिहीबार थोँचेमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा काठमाडौँस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

अस्पताल भवन निर्माणका निम्ति ६ करोड ६७ लाख ९६ हजार ९३३ रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए ।

भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम गाउँपालिकाले बेहोर्ने छ । भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update