काठमाडौँ । मोरङ जिल्लाको रतुवामाई नगरपालिकाको वडा नं. ५ ले बाँसको भाटेपुल मर्मत सम्भार गर्नुपर्ने भए जेठ २८ गतेसम्ममा निवेदन दिन भनेको छ ।
वडाध्यक्ष सोमनाथ कार्कीले सार्वजनिक सुचना प्रकाशन गरी ठाउँ नै तोकेर बाँसको भाटेपुल मर्मत सम्भारको लागि निवेदन माग गरेका हुन् ।
‘प्रस्तुत विषयमा रतुवामाई नगरपालिका ५ नं. वडा अन्तर्गत खुशिलाल ताजपुरियाको घरपुर्व र झुलेङ्गे पुलदेखि पूर्व उलुघुटु जाने बाटोतर्फको बासँको भाटे पुलको मर्मत सम्भार गर्नुपर्ने अवस्था भए उक्त व्यहोरा खुलाई यस वडा कार्यालयमा यो सुचना प्रकाशन गरेको ३ दिन भित्र (मिति २०८३।०२।२८ गतेसम्म) कार्यालय समय भित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सुचनामा उल्लेख छ ।
चालु आर्थिक वर्ष यही असार मसान्तमा सकिदैछ ।





