ककनी गाउँपालिकाको हिलेभित्ता हुनै ठूलोचित्रे जाने बाटो पिच हुने

 

काठमाडौँ । नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको वडा नं. २ मा पर्ने सडक स्तरोन्नति हुने भएको छ । 

गाउँपालिकाले सो वडामा पर्ने हिलेभित्ता हुदै ठुलोचित्रे, कुले जाने मोटरबाटो पिच गर्ने भएको हो । वडाध्यक्ष कृष्ण घिमिरेका अनुसार सो सडक असार १० गतेदेखि पिच गर्न थालिने छ ।

सडक पिच गर्न लागिएकोले सो सडकखण्ड भएर आवत जावत गर्ने सवारी साधनहरु तत्कालको लागि बन्द गरिएको छ । सडक खुल्ने बारेमा सुचना प्रकाशन गरी जानकारी दिइने वडाध्यक्ष घिमिरेले बताए ।

 

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update