नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंको राजीनामा स्वीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चिरञ्जीवी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

सोमबार अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेसमक्ष उनले राजीनामा बुझाएका हुन् ।

सीईओ चापागाईंले बुझाएको राजीनामापत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा आजै स्वीकृत भएको अर्थमन्त्री डा. वाग्लेको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update