अचम्म ! ८१ लाख मानिसको ४५ खर्ब ६५ अर्बको सम्पत्ति बन्धक बनाउनेमाथि अनुसन्धान नहुने ?

काठमाडौँ । २०८३ साल असोज ५ गते सोमबार । यो मिति याद राख्नुहोला । यो दिन नेपालमा ८० लाख ८८ हजार ८२० जना लगानीकर्ताको ४५ खर्ब ६५ अर्ब ७१ करोड ८४ लाख ५० हजार ४९९ रुपैयाँ ८ पैसा रकम कुनै अदृश्य शक्तिले बन्धक बनाएर राखेको दिन हो ।

र, यसरी बन्धक बनाउने कार्यको सबैभन्दा प्रमुख मतियार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्ड नेपाल हुन् । हो, यो कार्यको प्रमुख मतियार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्ड नेपाल हुन् ।

भदौ ५ गते विहान १० बजेतिर गाइगुइ हल्ला चल्यो– आज टिएमएसमा समस्या छ । टिएमएस भनेको सेयर कारोबार गरिने ‘कारोबार व्यवस्थापन प्रणाली’ हो । हल्लाले सामाजिक संजाल ताताउँदै गयो । अनि अर्काे हल्ला चल्न लाग्यो– टिएमएस ह्याक भए जस्तो छ, सायद आज (सेयर) कारोबार हुँदैन होला । ११ बजेसम्म हल्लाले बजार पिटिसकेको थियो ।

११ बजेदेखि कारोबारको नियमित शत्र चल्नुपर्ने अर्थात सेयर कारोबार सुरु हुनुपर्ने, भएन । सेयर कारोबार गराउने जिम्मेवारी नेप्सेको हो । बजार खुलेर कारोबार सुरु हुनुपर्ने समयसम्म नेप्सेले केही भनेन । सबैलाई थाहा भइसक्यो– आज कारोबार हुँदैन भन्ने । तर, नेप्से बोलेन ।

सोही दिनको १२ बजेतिर वाइको र डाटा हवको पत्र सामाजिक संजालमा छरपष्ट भयो । पत्रमा लेखियो– असोज ४ गते आइतबार विहान ४ बजेतिर टिएमएसमा र्यान्समवेयर आक्रमण भयो, अहिलेसम्म समस्या समाधान भएको छैन, आज सेयर कारोबार गराउन नसकिने अवस्था छ ।

यसरी बन्धक बनाउने कार्यको सबैभन्दा प्रमुख मतियार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्ड नेपाल हुन् । हो, यो कार्यको प्रमुख मतियार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्ड नेपाल हुन् ।

सामाजिक संजालमा डाटा हब र वाइकोको यो पत्र भाइरल भएपछि बल्ल नेप्से बोल्यो– डाटा हबमा राखिएको टिएमएस डेटामा समस्या भयो, ७२ वटा ब्रोकरको टिएमएस डेटामा समस्या देखियो, ब्रोकरले पनि आज कारोबार नगरौं भने, माफ गर्नुहोला, आज बजार बन्द गरिने भयो ।

सिडिएससीका अनुसार अहिले ८० लाख ८८ हजार ८२० जनाले डिम्याट खाता खोलेका छन् । नेप्सेले दिएको जानकारी अनुसार असोज ६ गते बजार पुँजीकरण ४५ खर्ब ६५ अर्ब ७१ करोड ८४ लाख ५० हजार ४९९ रुपैयाँ पुगेको छ । टिएमएसमा समस्या आएको कारण यी कुनै पनि सेयरधनीले असोज ५ गते सोमबार सेयर किन्न वा बेच्न पाएनन् । अर्थात उनीहरुको सम्पत्ति बन्धक भयो  । नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो सम्पत्ति निर्वाद रुपमा भोगचलन गर्न पाउने अधिकार दिएको छ । तर, सो दिन सेयर सम्पत्तीलाई सम्पत्तीको रुपमा भोगचलन गर्न पाउनबाट नागरिकलाई बन्चित गरियो ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो सम्पत्ति निर्वाद रुपमा भोगचलन गर्न पाउने अधिकार दिएको छ । तर, सो दिन सेयर सम्पत्तीलाई सम्पत्तीको रुपमा भोगचलन गर्न पाउनबाट नागरिकलाई बन्चित गरियो ।

यति धेरै मानिस संलग्न भएको सेयर बजारका बारेमा समयमै सुचना दिनुपर्ने दायित्व कसको हो ? आइतबार विहान ४ बजे नै टिएमएसमा समस्या आएको जानकारी भइसकेको सार्वजनिक भएका पत्रहरुले पुष्टी गर्छन् । तर, सोमबार ११ बजेसम्म पनि सोको जानकारी नेप्सेले किन नदिएको ? समस्या लुकाउन किन खोजेको ? झण्डै ८१ लाख मानिसको सम्पत्ति बन्धक बनाउने कार्य हुँदा समयमै सुचना प्रवाह नगरेर नेप्से किन त्यसको मतियार जस्तो बनेको ?

नेप्सेको सबैभन्दा ठूलो अक्षम्य गल्ती डाटा सेन्टरका बारेमा तथ्यहरु सार्वजनिक गर्नु पनि हो । ७१ वटा ब्रोकरले डाटा हवको डाटा सेन्टरमा टिएमएसको तथ्यांक राख्छन् भनेर आतंककारीलाई सुचना दिएको हो ? कसको कस्तो डाटा कहाँ छ भन्ने कुरा गोप्य राख्नुपर्छ । नेप्सेले कसको स्वार्थका लागि सार्वजनिक गर्नुपर्ने तथ्य गोप्य राखेर गोप्य राख्नुपर्ने तथ्य सार्वजनिक गरेको ? गत वर्षको भदौ २४ गते जस्तै भएर ब्रोकरले टिएमएसको डाटा राखेको स्थानमा आतंककारी आक्रमण भयो भने त्यसको सुचक नेप्से नै हो भनेर पुष्टी हुनेछ ।

प्रश्न धितोपत्र बोर्डलाई पनि छ । सोमबार विहान ११ बजेदेखि नियमित सेयर कारोबार सुरु भयो कि भएन भन्ने जानकारी धितोपत्र बोर्डलाई कतिबेला भयो ? धितोपत्र बोर्डजी, तिमी पुँजी बजारको नियामक हौ । ब्रोकरको टिएमएस डेटामा आक्रमण भएर सेयर कारोबार नै हुन नसक्ने अवस्था सिर्जना भइसक्दा पनि यो बारेमा धितोपत्र बोर्डलाई थाहा भएन ? कतिबेला, कसरी थाहा भयो ? करिब ८१ लाख सेयरधनी मेरो सम्पत्तिमा हानी नोक्सानी पुगेको छ कि छैन भनेर दिनभर तड्पिदा धितोपत्र बोर्ड खुलमटारमा के गरेर बसेको थियो ? काठमाडौँ उपत्यकाको चक्रपथ बाहिर कार्यालय रहेको धितोपत्र बोर्ड सेयर बजारका सुचनाबाट ‘रिङआउट’ हो ?

करिब ८१ लाख सेयरधनी मेरो सम्पत्तिमा हानी नोक्सानी पुगेको छ कि छैन भनेर दिनभर तड्पिदा धितोपत्र बोर्ड खुलमटारमा के गरेर बसेको थियो ? काठमाडौँ उपत्यकाको चक्रपथ बाहिर कार्यालय रहेको धितोपत्र बोर्ड सेयर बजारका सुचनाबाट ‘रिङआउट’ हो ?

दशैँ आउन लागेको छ । नेपालमा दशैं तिहारको समयमा तास बढी खेलिन्छ । गाउँघरतिर तास खेलाउने खाले हुन्छन् । उनीहरु खेलको प्रत्येक राउन्डमा निश्चित रुपैयाँ कमिसन लिन्छन् । प्रत्येक राउन्डको १०/१० रुपैयाँ लियो भने पनि रातभर तास खेल्दा सबै खेलाडी हारेका हुन्छन्, पैसाजति खालेसँग जम्मा हुन्छ । नेप्से र धितोपत्र बोर्ड सेयर बजारका यस्तै खाले हुन् । उनीहरु सेयर किनबेचमा प्रत्येक कारोबारमा कमिसन खान्छन् । सेयर किन्ने, बेच्न व्यक्ति नाफामा जाओस कि घाटा खाओस्, नेप्से र धितोपत्र बोर्डको कमिसन काँही जाँदैन । नेप्से र धितोपत्र बोर्ड खाले जस्ता मात्रै हुन् ? सेयर बजार र सेयरधनीप्रति उनीहरुको कुनै जिम्मेवारी वा जवाफदेही हुँदैन ? विहान ११ बजेदेखि हुनुपर्ने सेयर कारोबार रोकिएको दिउसो १ बजेपछि मात्रै थाहा पाएर प्रतिक्रिया दिने धितोपत्र बोर्ड पुँजी बजारको नियामक हुने हैसियतमै छ ?

विहान ११ बजेदेखि हुनुपर्ने सेयर कारोबार रोकिएको दिउसो १ बजेपछि मात्रै थाहा पाएर प्रतिक्रिया दिने धितोपत्र बोर्ड पुँजी बजारको नियामक हुने हैसियतमै छ ?

असोज ४ गते विहान ४ बजेदेखि वा असोज ५ गते विहानैदेखि ब्रोकरको टिएमएसमा के भयो थियो भनेर गम्भीर अनुसन्धान हुनै पर्छ । र, यो अनुसन्धानको पहिलो विन्दु नेप्से हुनुपर्छ । म किटानीसाथ भन्दैछु– विज्ञ संलग्न भएर गम्भीर र निश्पक्ष अनुसन्धान हुने हो भने यो अपराधमा नेप्सेका मान्छेहरु संलग्न भएको पुष्टी हुनेछ । र, मतियारका रुपमा केही ब्रोकर वा धितोपत्र बोर्डमा मानिस पनि संलग्न रहेको भेटिन सक्छ ।

हेर्नुस त यहाँ रमाइलो, टिएमएस डाटा कसको– ब्रोकरको । टिएमएस डाटा कसले राखेको– ब्रोकरले । त्यो डाटा राखे वापद पैसा तिर्ने को– ब्रोकर । अनि त्यो डाटामा पहुँच कसको– सिर्फ नेप्सेको । यो अनौठो हर्कतको औचित्य टिएमएस डेटा मेनुपुलेट बाहेक केही छ भने नेप्सेले सार्वजनिक रुपमा पुष्टी गरोस् । त्यही डेटा मेनुपुलेट गर्ने क्रममा असोज ४ गते विहान वा ५ गते ब्रोकरको टिएमएसमा समस्या आएको हो । अनुसन्धानको पहिलो विन्दु यो हुनुपर्छ । नभएको सेयर बेच्न दिएर पछि कारोबार मिलाउन दिने नेप्से, पछि किनेको सेयरलाई बोनस सेयर हो भन्ने मानेर करमा गोलमाल गर्न दिने नेप्से । विगतका यी उदाहरण सेयर बजारबारे जानकारले विर्सेका छैनन् । त्यसैले अनुसन्धान होस्, त्यसै ढाकछोप नहोस् असोज ५ ।

सम्बन्धित समाचार

पोखराको रिसोर्ट र काठमाडौँको निजी कलेजबाट पनि चलाइन्छ नेप्सेको सिस्टम, जोखिम टिएमएसमा मात्रै ?

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update