काठमाडौँ । नेपाल स्टक एक्सेन्ज (नेप्से) को कारोबार प्रणालीमा गम्भीर समस्या आएको छ । समस्या कस्तो प्रकारको हो र समाधानको लागि के कस्तो पहल भइरहेको छ भन्ने अझै खुलेको छैन ।
स्रोतले दिएको जानकारी अनुसार नेप्सेले आफ्नो प्रणालीमा ह्याकरले आक्रमण गरेको अनुमान गरेको छ । यस्तो अनुमानपछि नेप्सेले सबै सिस्टम डाउन गरेको छ । यद्यपि, सिस्टम डाउन गरिएको र अहिले कारोबार नगर्नू भनेर नेप्सेले ब्रोकरलाई जानकारी गराएको छैन ।
नेप्सेले अहिले आफ्नै प्रणाली वाइको र अर्काे डिजिहब गरी कारोबारका लागि दुईटा प्रणाली प्रयोग गर्दछ । अहिले वाइकोमा समस्यामा देखिएपनि डिजिहवमा कुनै समस्या भएको सेयर कारोबार गर्नेहरुले बताएका छन् ।
यो समस्या आएपछि नेप्सेले कारोबार बन्द गर्ने, डिजिहव प्रणालीमा आवद्ध भएकाहरुको मात्रै कारोबार गराउने लगायतका विकल्प अपनाउन सक्छ । यद्यपि, अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी दिइएको छैन ।




