रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा अनलाइन राजस्व संकलन प्रणालीमा समस्या आएपछि साउन १५ गतेसम्मका लागि वैकल्पिक माध्यमबाट मात्र राजस्व संकलन गरिने भएको छ।
गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजारले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८३र०८४ को आर्थिक ऐन, २०८३ बमोजिम करका दररेटहरू सफ्टवेयरमा अद्यावधिक ९ग्उमबतभ० गर्ने क्रममा प्रणालीमा प्राविधिक समस्या देखिएको जनाएको छ।
प्रणालीमा समस्या आएपछि गाउँपालिकाको केन्द्रीय कार्यालय तथा अन्तर्गतका सबै वडा कार्यालयहरूबाट गत साउन १ गतेदेखि नै वैकल्पिक ९म्यानुअलरअफलाइन० माध्यमको प्रयोग गरी राजस्व संकलन हुँदै आएको छ। प्राविधिक काम बाँकी नै रहेकाले आगामी साउन १५ गतेसम्म सोही बमोजिम वैकल्पिक माध्यमबाटै राजस्व संकलन कार्य जारी रहने गाउँपालिकाले स्पष्ट पारेको छ।
सफ्टवेयर अद्यावधिक गर्ने अवधिभर करदाता तथा सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति ध्यान दिँदै गाउँपालिका कार्यालयले आवश्यक सहजीकरण गर्ने जनाएको छ। साथै, अनलाइन प्रणाली स्थगित भए पनि सर्वसाधारणका लागि अत्यावश्यक राजस्व सेवाहरू वैकल्पिक उपायमार्फत निरन्तर रूपमा उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक प्रसाद फुयालद्वारा जारी सूचनामा उल्लेख छ।




