गगनको सभापति पद फेरि सर्वाेच्चको बेन्चमा, कांग्रेस विवादको मुद्दा पुनरवलोकन गर्न अनुमति

 

काठमाडौँ । सर्वाेच्च अदालतले नेपाली कांग्रेस विवादको मुद्दालाई पुनरवलोकन गर्न अनुमति दिएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएको हो ।

पुनरवोलकनको अनुमति प्रदान भएसँगै पूर्वसभापति शेरबहादुर देउवाले दिएको रिटलाई खारेज गर्ने आदेशको पुनरवलोकन हुनेछ ।

न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो। देउवा पक्षको रिटलाई खारेज गरेको थियो।

यस आदेशलाई पुनरवलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाएका थिए।

तत्कालिन महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनले गगन थापालाई सभापति र विश्वप्रकाश शर्मालाई उपसभापति पदमा सर्वसम्मत निर्वाचित गरेको घोषणा गरिएको थियो । सो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आयोगको सो निर्णय विरुद्ध देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए।

उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका थिए।

 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update