नेपाल टेलिकमको खुद नाफा ४७ प्रतिशतले बढेर पुग्यो झण्डै ९ अर्ब

 

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्षमा करिब ९ अर्ब रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको कारोबारबाट ८  अर्व ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले खुद नाफा ४७.५८ प्रतिशतले बढाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ अर्व ६७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको कुल सञ्चालन आय ३४ अर्व ९५ करोड ०४ लाख रुपैयाँ रहेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको कुल सञ्चालन आय ३३ अर्व ८९ करोड ४५ लाखको तुलनामा १ अर्ब ०५ करोड ५९ लाख रुपैयाँ (अर्थात् ३.१२ प्रतिशत) ले बढी छ ।

कम्पनीको कर अघिको नाफा १३ अर्व २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिको कर अघिको नाफा ९ अर्व ८५ करोड ०२ लाखको तुलनामा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ (अर्थात् ३४.६६  प्रतिशत० ले बढी हो ।

कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणका अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ४९.२५ रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update