हरिपूर्वा नगरपालिकाका सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन

 

काठमाडौँ । सर्लाहीको हरिपूर्वा नगरपालिकाले नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ।

नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भइसकेका विद्यालयले नयाँ समिति गठन गर्न आग्रह गरेको हो।

नगरपालिकाले शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ ९संशोधनसहित० मा व्यवस्था भएबमोजिम विद्यालय व्यवस्थापन समिति गठन गर्न सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिइएको नगरपालिकाका शिक्षा अधिकृत जनक काफ्लेले जानकारी दिए ।

नगरपालिकाले पठाएको पत्रमा हरिपूर्वा नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भइसकेका विद्यालयहरूले कानुनी व्यवस्थाअनुसार समिति गठन गर्नुपर्ने उल्लेख छ।

नगरपालिकाको शिक्षा शाखाले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई कानुनसम्मत र व्यवस्थित बनाउन यस्तो पत्राचार गरेको जनाएको छ। पत्रमा विद्यालय व्यवस्थापन समिति गठन गरी विद्यालयको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update