बौदीकाली गाउँपालिकालाई करारमा चाहियो मेडिकल अधिकृत, यस्तो चाहिन्छ योग्यता

 

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकाले मेडिकल अधिकृत पदमा करार सेवाका लागि दरखास्त आह्वान गरेको छ।

मेडिकल अधिकृत आठौँ तहको एक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवलाल भुसालले जानकारी दिए । इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्ने छ । गाउँपालिकाले भदौ १ गते सार्वजनिक सुचना प्रकाशन गर्दै १५ दिनको म्याद दिएको हो ।

सो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उत्तीर्ण गरेको हुनुपर्नेछ। उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तथा महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

दरखास्त बौदीकाली गाउँपालिका, डेढगाउँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। दरखास्त दस्तुर १ हजार ५ सय रुपैयाँ तोकिएको छ।

दरखास्तसँग नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, व्यक्तिगत विवरण, सम्बन्धित परिषद्मा दर्ता भएको प्रमाणपत्र तथा अनुभव खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने सूचनामा जनाइएको छ।

गाउँपालिकाका अनुसार छनोट प्रक्रिया गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७९ बमोजिम प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, लिखित परीक्षा र अन्तर्वार्ताबाट हुनेछ। परीक्षासम्बन्धी सूचना गाउँपालिकाको वेबसाइटमार्फत प्रकाशित गरिनेछ।

गाउँपालिकाले आवेदन फाराम आफ्नो आधिकारिक वेबसाइटबाट उपलब्ध हुने जनाएको छ। 

 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update