स्याप्रुबेसी आइपुग्यो बाढी, मुग्लिनसम्म हाइअलर्ट
काठमाडौँ । रसुवाको भोटेकोशीमा दोस्रो बाढी आएको छ ।
बाढी पूर्वानुमान महाशाले दिएको जानकारी अनुसार भदौ १२ गते दिउँसो १२ः३१ बजेसम्ममा सो बाढी स्याप्रुबेसी आइपुगेको छ ।
‘भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ,’ बाढी पुर्वानुमान महाशाखाले जारी गरेको सुचनामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३ १२:५३
प्रतिक्रिया दिनुहोस्




