काठमाडाैं। गत बुधबार रसुवास्थित भोटेकोशी नदीमा अचानक आएको बाढीमा परी मृत्यु हुनेको संख्या ६७५ पुगेको छ । यो बाढीमा परी अझै २४ सयभन्दा बढी बेपत्ता छन् ।
बाढी आएको पाँचौ दिन पनि उद्दार तथा राहतको काम चलिरहेको छ । बाढीपछि विभिन्न हाइड्रो पावरका निर्माणाधीन सुरुङमा फसेकाहरु धेरैको उद्दार हुन सकेको छैन । शनिबारदेखि चीन र भारतका सुरुङ विशेषज्ञसमेत उद्दारमा खटिएका छन् ।
बाढीमा परी ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटकहरु बेपत्ता भएका छन् ।
यो बाढीले चीनतर्फ पनि १६ जनाको मृत्यु पुष्टि भएको छ भने ५४६ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमध्ये २२६ जना विदेशी नागरिक समेत रहेका छन् ।
यसैबीच अमेरिकाले बाढी प्रभावितका लागि ३६ लाख डलरको मानवीय सहायता दिने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार यो सहयोग अन्तर्गत १० हजार प्रभावित परिवारलाई ३ महिनासम्मको आपतकालीन खाद्य सहायता दिइनेछ ।




