त्रिशूली–३ ‘बी’ को फ्रन्ट फेसमा ४ वटा प्वाल पारियो, भित्र पसेर उद्धार गर्ने तयारी
काठमाडौँ । भोटेकोशी बाढीका कारण त्रिशुली –३ ‘बी’को सुरुङभित्र फसेकाहरुको उद्धारमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ ।
उर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार हालसम्म फ्रन्ट फेसमा ४ वटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ।
प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा समन्वय निरन्तर जारी छ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ १३:३५
प्रतिक्रिया दिनुहोस्




