कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका जिल्लामा मनाइने गौरा पर्वका अवसरमा आज कञ्चनपुर जिल्लाका सात वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
कञ्चनपुरको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका तथा लालझाँडी र बेलडाँडी गाउँपालिकाले गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।
यो पर्व मुख्यतया भगवान शिव र माता पार्वती (गौरा) को पूजा–आराधना गरी मनाउने गरिन्छ ।
गौरा पर्वलाई महिलाहरूको विशेष पर्व मानिन्छ । विवाहित महिलाहरू पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन् भने अविवाहित युवतीहरू सुयोग्य वरको प्राप्ति, पारिवारिक सुख र शान्तिका लागि व्रत बस्छन् ।
सुदूरपश्चिम प्रदेशमा मनाइने महत्वपूर्ण चाड गौराको अवसरमा स्थानीय बिदा दिएको पालिकाहरुले जनाएका छन् ।




