नविल बैंकले १५.८ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौँ । नविल बैंकले गत आर्थिक वर्षको कारोबारबाट सेयरधनीलाई १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको संचालक समिति बैठकले सो प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिएका छन् । संचालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुनेछ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दिएको जानकारी अनुसार बैंकले आर्थिक वर्ष २०८२/८३ को कारोबारबाट १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तो लाभांशमा बोनस सेयर ५ प्रतिशत दिने प्रस्ताव गरिएको छ भने १०.८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ । यस्तै, बैंकका अग्राधिकार सेयरधनीको लागि भने ८ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।

प्रस्तावित बोनस शेयरको कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा  नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम रहेको बैंकले जानकारी दिएको छ । उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

त्यसैगरी, बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिन) (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी ५ अर्ब रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ।

आर्थिक वर्ष २०८२/८३ मा बैंकले हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरिएको बैंकको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update