हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

देशका हिमाली भू–भागमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतता सफा देखि आंशिक बादल लागेको छ ।

आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

आज राति देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन । तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  ०७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update