बुढीगण्डकीको बाढीले करिब ३ दर्जन घर बगायो
गोरखा । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बुढीगण्डकी नदीमा आएको बाढीले ठूलो पुर्याएको छ ।
बाढीका कारण पैयु र बगर गाउँमा ३५ वटा घर बगाएको प्रारम्भिक विवरण आएको छ । यद्यपि अहिलेसम्म मानवीय क्षतिको विवरण भने आएको छैन ।
बाढीका कारण गोरखाको दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत ठूलो क्षति पुगेको बताइएको छ ।
आइतबार बिहान करिब चार बजे गाउँमा एक्कासी बाढी पसेपछि स्थानीयबासी भने सुरक्षित स्थानतर्फ भागेका थिए ।
बाढीका कारण आरुघाटसम्म क्षति हुने अनुमानका आधारमा त्यसभन्दा माथि नदी किनारामा रहेका वस्तीका बासिन्दाहरुलाई सुरक्षित स्थानमा जान प्रशासनले अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०८३ ०८:०१
प्रतिक्रिया दिनुहोस्


