हल्का बादल लागे पनि देशभरकाे माैसम सामान्यतया सफा रहने

काठमाडाैं । हाल देशमा पश्चिमी वायू र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू-भाग तथा देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । 

देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

भरे राति पनि देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update