प्रदीप पौडेलसहित, उदय र डिला कांग्रेस महामन्त्रीमा निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १५औं महाधिवशेनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । 

काँग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् ।

खुलातर्फ पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै सर्वाधिक मतसहित महामन्त्रीमा निर्वाचित भए भने राणाले २ हजार ३३० मत ल्याएर महामन्त्रीमा दोस्रो बढी मतसहित जित हासिल गरे । 

खुलातर्फ उम्मेदवार रहेका डा.सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे ।

महिला महामन्त्रीमा डा.डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् । उनले ३ हजार ११८ मत प्राप्त गर्दा उनीसँग प्रतिस्पर्धा गरेकी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत ल्याएर दोस्रो भइन भने रीता खनालले ८०४ मत पाइन् ।

काँग्रेसको सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update