कांग्रेस उपसभापतिमा भण्डारीलाई सर्वाधिक मत, अरुलाई कति ?

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।

खुला उपसभापतितर्फ भण्डारीले ३ हजार ७३५ मत प्राप्त गरेर सर्वाधिक मतसहित विजयी भए । उनी १४औं महाधिवेशनमा उपसभापतिमै पराजति भएका थिए । 

यस्तै आचार्यले २ हजार ३४२ मत प्राप्त गरी उपसभापतिमा निर्वाचित भए भने समावेशी उपसभापति पदमा विनोद चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै विजयी भएका छन् । 

खुलातर्फ प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा.चन्द्रमोहन यादवले ७६० मत ल्याए । 

समावेशी उपसभापतिमा चौधरी विजयी हुँदा जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे ।

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् । 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update