गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडाैं। हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । 

बाँकी हिमाली पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भएको छ।

आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली भू-भाग तथा देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। 

देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

भरे राति पनि देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update